बागलुङ । बागलुङको पुरानो संस्थागत विद्यालयको रूपमा रहेको कालीगण्डकी आवासिय विद्यालयमा शैक्षिक सुधार र गुणस्तरीय पढाई हुन थालेपछि पछिल्ला बर्षमा विद्यार्थीको रोजाई बन्दै आएको छ ।
बागलुङ बजारमा रहेको कालीगण्डकी आवासिय विद्यालयमा उत्कृष्ट व्यवस्थापन, शिक्षकको मेहनत, आवश्यकता अनुसारको भौतिक पूर्वाधार, बालमैत्री, शान्त वातावरण, सृजनात्मक अध्यापन, विद्यार्थीको मनोविज्ञान अनुसारको व्यवहारसंगै पठाई हुने भएपछि शैक्षिक गन्तव्यको रुपमा विकास हुन थालेको हो । बिद्यालयमा अग्रेजी माध्यमबाट पढाई, राम्रो सिकाई उपलब्धी र सर्वोत्कृट शैक्षिक नतिजाका कारण थप विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ ।
विद्यालयले नियमित मनोवैज्ञानिक परामर्श, स्वास्थ्य परीक्षण, प्रविधियुक्त व्यवहारीक र गुणस्तरीय शिक्षा, यातायातको व्यवस्था, आवासिय सुविधा, कोचिङ कक्षाको व्यवस्था, विभिन्न अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, सुविधा सम्मन्न विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था र मेहनती शिक्षकहरुबाट मनोवैज्ञानिक ढंगले अध्यापनमा जोड दिनुका साथै जेहेन्दार र विपन्न वर्गका बालबालिकाहरुलाई समेत छात्रवृत्तिको पनि व्यवस्था गर्दै आएको कालीगण्डकी आवासिय विद्यालयका सहायक प्रिन्सिपल सुरेन्द्र शाक्यले बताए ।
नयाँ शैक्षिक सत्र सुरु भएसगै बिद्यालयमा आफना बालबालिकाहरुलाई भर्ना गर्न आउने अभिभावहरुको सङख्या बढेको छ । यस विद्यालयमा नयाँ भर्ना लिने क्रम सुरु भएंगै विद्यालयमा विद्यार्थीहरुको चाप बढेको छ । विद्यालयमा बैशाख पहिलो हप्तादेखि कक्षा सञ्चालन हुदै आएको छ । विद्यालयको स्तरवृद्धि, शैक्षिक सुधार, विद्यार्थीको बढ्को चाप र सर्वोकृष्ट नतिजालाई कायम गर्न विद्यालयले रणनीतिक शैक्षिक योजना बनाएर अगाडि बढेको प्रिन्सिपल निरञ्जन राजभण्डारीले बताउनु भयो ।
समय समयमा युवा रेड सर्कलद्धारा विद्यार्थीहरुले दैवी प्रकोपको बेला कसरी उद्धारमा सहयोग गर्ने भन्ने तालिमका साथै सामाजिक,बौद्धिक र अन्य गतिविधिमा सक्रियता बनाउन बिद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाका कार्यक्रम सञ्चालनका समेत गर्दै आएकोे बिद्यालयले जनाएको छ ।
२०४९ सालमा स्थापना भएको यस विद्यालयका विद्यार्थीहरुले विभिन्न विद्यालय र संघसंस्थाहरुले आयोजना गरेको प्रतियोगितिहरुमा अब्बल नतिजा समेत ल्याउने गरेका छन ।