दोहा । पर्वत समाज कतारको बार्षिक साधारण सभा तथा बहुउदेश्यीय अक्षयकोषको स्थापना कार्यक्रम दोहामा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै नेपाली राजदुतावास कतारका प्रथम सचीव कृष्ण कुमार सुवेदीले पर्बत समाज कतारले बिगतमा धेरै मानवीय सेवामा काम गरेको र आगामी दिनमा अझ धेरै समाजिक कार्यमा लाग्दै जानुपर्ने बताए ।
उनले कतारमा रहेका नेपालीको काम गर्नको लागी नै दुतावास खुलेको भन्दै आफुहरु सदैव सेवामा तयार रहेको बताए । उनले भने,कतारमा ठुलो संख्यामा नेपाली रहेपनि दुतावासमा कर्मचारी पर्याप्त नहुँदा केही कठिनाई भएपनि सेवालाई सहज बनाउन प्रयन्त भईरहेको छ। पछिल्लो समय राहदानी फारामको लागि सल्ट खोल्ने र बन्द गर्ने काम परराष्ट्रले गर्ने र कतार स्थित दुतावासको लागि एक दिनमा २ सय सल्ट खुल्ने भएपनि झण्डै दोब्बर फाराम बुझदै आएको उनको भनाई छ ।
कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। लोकदोहरी गायक आर.सी पौडेल र स्थानीय कलाकारले आफनो सांगीतिक प्रस्तुत राखेका थिए ।
बार्षिक साधारण सभामा सचिव भरत मल्ल ठकुरीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवास जि.सीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अक्षय कोषको उदेश्य र आगामी योजनाबारे कोषका तदर्थ समिति सचिव सन्तोष क्षेत्री जानकारी गराएका थिए ।
पर्वत समाज कतारका अध्यक्ष रघुनाथ शर्माको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष आनन्द जि.सीको स्वागत र सचिव भरत मल्ल ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका संरक्षक, सल्लाहकार, पुर्व पदाधिकारीहरु, कार्य समिति र पर्वत समाजमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो । सन् २००३ मा स्थापित पर्वत समाज कतारले बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।