Logo

Jul 30 2026 | २०८३, साउन १४गते

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण तथा आँखा परीक्षण


बुधबार, वैशाख १९ २०८१०५:२९
  • 2.2K
    SHARES

  • अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण तथा आँखा परीक्षण

    बागलुङ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बागलुङमा निःशुल्क आँखा परीक्षण तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको आयोजनामा १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा स्वर्गिय दुर्गादत्त आचार्य स्मृति अक्षय कोषबाट शैक्षिक सामाग्री वितरण गरिएको हो । 

    images
    images

    दिवसको अवसरमा कालिका कन्या मन्दिर माविमा अध्ययनरत विद्यार्थी,अभिभावक तथा स्थानीय समुदायको लागि निःशुल्क आँखा परीक्षण गरिएको छ । निःशुल्क आँखा परीक्षणमा दुई सय भन्दा बढि व्यक्तिले लाभ लिएका छन ।

    photo  (6).jpgस्वर्गिय दुर्गादत्त आचार्य स्मृति अक्षय कोषबाट सदरमुकाममा रहेका बालमन्दिर आधारभूत बिद्यालय, रूद्रेपिपल माध्यमिक बिद्यालय, रामरेखा आधारभूत बिद्यालयमा अध्ययनरत १० जना विपन्न वर्गका बिद्यार्थीलाइ एक बर्षको लागि आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गरिएको नेपाल ट्रेड युनियन कांग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलले बताए । बिद्यार्थीहरुलाई अध्ययनमा सहज तुल्याउन निःशुल्क आँखा परीक्षण तथा शैक्षिक सामाग्री वितरण गरिएको बताईएको छ ।

    कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

    photo  (1).jpg

    कार्यक्रममा जैमुनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश संयोजक शकुन्तला शर्मा, नेपाल ट्रेड युनियनका केन्द्रीय प्रतिनिधि उमाकान्त पौडेल,नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य श्रीकृष्ण पौडेल,कालिका कन्यामन्दिर माध्यमिक बिद्यालयका प्रधानध्यापक धनराज सापकोटा,समाजसेवी चुडामणी आचार्य लगाएले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

    photo  (2).jpg

    नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता,उपाध्यक्ष चन्द्र रेग्मीको स्वागत र सचिव बीर बहादुर किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    photo  (5).jpg

    photo  (3).jpg


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस