बागलुङ - नेपाली काँग्रेस बागलुङले वीपी स्मृति भवनको निमार्ण थालेको छ । करिव आठ करोडको लागतमा तिन बर्ष भित्र सम्पन्न गर्ने गरि भवन निमार्ण हुन लागेको हो ।
अत्याधुनिक सुविधा सम्मन्न पाँच तलाको भवन निमार्ण कार्यको शिलन्यास भएको छ । भवनको बिहिबार एक कार्यक्रमकाबिच नेपाली काग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले शिलन्यास गरेका छन ।
निमार्ण सुरु भएको तिन बर्षभित्र भवन निमार्ण सम्पन्न गरी पार्टीका समग्र गतिविधिहरु सुविधा सम्पन्न भवनबाट सञ्चालन गरिने नेपाली काग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले बताए । सबैको सहयोग र सदभावले भवन निमार्ण सुरु गरिएको शेरचनले बताए ।
बागलुङ नगरपालिका वडा नं.३ नारायणचोकमा भवन निमार्ण गर्न लागिएको छ । दुई करोड पाँच लाख रुपैयामा १५ आना जग्गा खरिद गरि भवन निमार्ण अगाडि बढाईएको नेपाली काग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कडेलले बताए ।
भवनभित्र पार्कीङ, सचिवलाय, बैठक हल, पुस्तकालय हुने छन । त्यसैगरि गेष्ट, भिआईपी, लिभिङ कोठा ,मल्टिप्रपोज हल, र सभा हल समेत भवनमा रहनेछन । नेपाली काग्रेसका सबै भातृ संघ संगठनहरुका कार्यालयहरु पनि एउटै छानामुनिबाट सञ्चालन गर्ने गरि भवन निमार्ण थालिएको छ ।