Logo

Jul 30 2026 | २०८३, साउन १४गते

आगलागी पीडितलाई राहत प्रदान


शुक्रबार, वैशाख २१ २०८१०७:५८
  • 552
    SHARES

  • आगलागी पीडितलाई राहत प्रदान

    बागलुङ। बागलुङमा आगलागी पीडितलाई राहत प्रदान गरिएको छ। बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर स्थित डाँडाखेतमा आगोले घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भएका स्थानियको लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले राहत प्रदान गरेको हो ।

    images
    images

    घरगोठसँगै खाद्यान्न र लत्ताकपडा जलेर समस्यामा परेका डाँडाखेतका ददीराम पौडेल र यदुनाथ पौडेलको परिवारलाई गुठीले २० पाथी चामल, २० थान कम्मल र कपडा सहयोग गरेको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । 

    आगोले आवास,खाद्यान्न,लत्ताकपडा लगाएतका सामाग्री जलेपछि तत्कालको लागि केही राहत स्वरुप खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको अध्यक्ष खड्काले बताए । विपतमा परेलाई  सहयोग गर्नु धार्मिक संस्थाको कर्तव्य भएको हुदा सहयोग गरिएको कालीका भवगती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

    बुधबार जैमिनी नगरपालिकाको टुनिवोट जंगलमा लागेको डढेलो फैलदै गएपछि बागलुङ नगरपालिका डाँडाखेत बस्तिमा पुग्दा पौडेल परिवारका घरगोठ जलेर नष्ट भएका थिए ।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस