Logo

Jul 30 2026 | २०८३, साउन १४गते

जैमिनी समाज जापानको अध्यक्षमा श्रीस


आइतबार, वैशाख २३ २०८१०९:४३
  • 440
    SHARES

  • जैमिनी समाज जापानको अध्यक्षमा श्रीस

    जापानमा अध्ययन तथा विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरुको भेलाले जैमिनी समाज जापान गठन गरेको छ । बागलुङको जैमिनी नगरपालिका घर भई जापानमा रहेकाहरुको भेलाले शिवकुमार श्रीसको अध्यक्षतामा १९ सदस्यि जैमिनी समाज जापान गठन गरेको हो 

    images
    images

    तदर्थ समितिको उपाध्यक्षमा मनोज विश्वकर्मा, सचिवमा नरेश वर्देवा, सहसचिवमा डल्लिमाया श्रीस र कोषाध्यक्षमा कमल शर्मा रहेका छन् । समितिको सदस्यमा तिलक आचार्य, सुवास शर्मा, दिवन राना, सुनिल परियार, जेनि थापा, अर्जुन सापकोटा, संगम क्षेत्री, सन्दिप रसाईली, राज शर्मा पौडेल, संगीत खनाल, सुजन राना, तिलक कँडेल, मिलन राना र गणेश पौडेल रहेका छन् ।

    समितिको सल्लाहकारमा डिल्लीराम सापकोटा, अर्जुन पौडेल, दिपक क्षेत्री, प्रकाश केसी, लक्ष्मण भुजेल, केशव श्रीस रहेका छन् । संरक्षक समितिमा विसन थापा, लाल छन्त्याल, बिरेन पुन, गणेश केसी, देव माईला छन् ।

    उनीहरुको भर्चुअल बैठकले जैमिनी  समाज जापान संस्था स्थापना गर्नेदेखि यसको कार्यसमिति, कार्यनीति, उद्देश्य, भावी रणनीति प्रस्तुत गर्ने  तथा जैमिनीबाट जापानमा रहेकाहरुबीच परिचयात्मक कार्यक्रम समेत गरेको छ ।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस