Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सडक दुर्घटना न्यूनिकरणका लागि ‘ट्राफिक सप्ताह’ गरिने


आइतबार, वैशाख २३ २०८११०:१८
  • 508
    SHARES

  • सडक दुर्घटना न्यूनिकरणका लागि ‘ट्राफिक सप्ताह’ गरिने

    बागलुङ । दुर्घटना न्युनिकरणका लागि बागलुङमा ‘ट्राफिक सप्ताह’ गरिने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बैशाख २५ देखि ३१ गते सम्म विभिन्न जनचेतना मुलक कार्यक्रम सहित ‘ट्राफिक सप्ताह’ गर्न लागेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी  कार्यालय बागलुङको आयोजनामा ‘ट्राफिक सप्ताह’ गर्ने लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख  सुमन निउरेले बताए । 

    images
    images

    सप्ताहब्यापी कार्यक्रम अनुसार ट्राफिक सचेतना मुलक प्लेकार्डसहित जिल्लाका बिभिन्न स्थानमा र्याली, ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, जनचेतना मुलक पर्चा पम्प्लेट वितरण,पैदल यात्रुलाई बाटो काट्न सिकाउने खाल्डाखुल्डी पुर्ने ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस्ने, मास्क वितरण गर्ने, हुटमा बसेर यात्रा गर्ने यात्रु प्रशिक्षण दिने कार्यक्रम रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

    त्यसैगरि चालक, परिचालकलाई प्रशिक्षण,बढी आवात जावत हुने स्थानमा सडक प्रयोग कर्ता, बिद्यालयका बिद्यार्थीलाई प्रशिक्षण,स्वास्थ्य संस्थासंग समन्वय गरि चालक सहचालकलाई स्वास्थ्य परिक्षण,पत्रकारसंग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा बागलुङको मुख्य चोकमा दीप प्रज्वलन गरि ‘ट्राफिक सप्ताह’ सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख निउरेले बताए ।

    जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले कार्यक्रमलाई भव्य रुपमा मनाउने बताएको छ । बागलुङ जिल्लामा रहेको सामाजिक संघसंस्था, विभिन्न धार्मिक संघसंस्था, आमा समूह लगायतका संघसंस्थासंगको सहकार्यमा गर्ने तयारी भईरहेको ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

     


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस