Logo

Jul 30 2026 | २०८३, साउन १४गते

जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण


बुधबार, वैशाख २६ २०८१०६:४४
  • 884
    SHARES

  • जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

    बागलुङ । बागलुङमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । बागलुङ नगरपालिका,स्वास्थ्य शाखाको आयोजना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क वितरण गरिएको हो ।

    images
    images

    बागलुङ नगरपालिका वडा-९ को गैराफाँट र वडा-८ को थोकन फाँटमा जेष्ठ नागरिकको लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद शर्माले बताए ।

    'जेष्ठ नागरिक समाजका गहना हुन,जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो दयित्व हो' भन्ने मुल नाराका साथ निःशुल्क रुपमा सुगर ,पिसाबमा एलबुमिन तथा प्रोटिन जाँच र रक्तचाप लगायत अन्य शारीरीक परीक्षण गरिएको शर्माले बताए  ।

    बाग्लुङ नगरपालिका स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुबाट जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी  औषधि समेत वितरण गरिएको छ । स्वास्थ्य परीक्षणमा १ सय १  जना जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

    440399296_1623249488214141_250914691662054597_n.jpg


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस