काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबारबाट सुरु भएको छ । एसईईमा ४ लाख पचासी हजार ३ सय छयानब्बे विद्यार्थी सहभागी भएका छन । परीक्षाका लागि २ हजार सैतिस केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
एसईईमा सहभागी हुने विद्यार्थीमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशका छन् । वाग्मतीमा १ लाख २ हजार परीक्षार्थीले ४ सय ३४ केन्द्रबाट परीक्षा दिँदै छन् । त्यसै गरी सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६ सय ८ विद्यार्थीले १ सय ७९ केन्द्रबाट परीक्षा दिएका छन । परीक्षा २९ गते सकिनेछ ।