Logo

Jul 30 2026 | २०८३, साउन १४गते

पिकअफ जिप दुर्घटना हुदा १६ यात्रु घाइते


बुधबार, जेठ २ २०८१०९:०५
  • 556
    SHARES

  • पिकअफ जिप दुर्घटना हुदा १६ यात्रु घाइते

    बागलुङ । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना हुदा १६ जना यात्रु घाइते भएका छन । बुधबार साँझ बुर्तिबाङबाट चौर तर्फ जादै गरेको ग १ च २३१४ नम्बरको पिकअफ जिप ढोरपाटन नगरपालिका–५ मस्तीमा दुर्घटना भएको हो ।

    images
    images

    दुर्घटनामा परि १६ जना यात्रु घाइते भएको र उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विजय यादवले जानकारी दिए । घाइते हुनेमा १२ महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन । पिकअफ जिप ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेको थियो। 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस