Logo

Jul 30 2026 | २०८३, साउन १४गते

पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता सूची प्रेस युनियनद्वारा अस्वीकार


सोमबार, जेठ १४ २०८१०४:१२
  • 816
    SHARES

  • पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता सूची प्रेस युनियनद्वारा अस्वीकार

    काठमाडौं । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता सूचीलाई नेपाल प्रेस युनियनले अस्वीकार गरेको छ । नेपाल प्रेस युनियनले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    images
    images

    महासंघको विधान अनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दछ, युनियनका महासचिव दिलीप पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

    सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियनको ठहर छ । महासंघको विधान र महाधिवेशनको म्यान्डेड अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएको प्रति प्रेस युनियनले असहमति जनाएको छ । 

    विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियनले माग समेत गरेको छ । सदस्यता विवाद निरुपण नगरी युनियनको आग्रहलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल पत्रकार महासंघनै हुने युनियनका महासचिव पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

    union.jpg


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस