Logo

Jul 30 2026 | २०८३, साउन १४गते

तिन पार्टीको मन्त्रालय टुंगियो, मन्त्रिपरिषद बिस्तार तयारीमा प्रधानमन्त्री


स्वतन्त्र
शुक्रबार, चैत १७ २०७९१०:५९
  • 404
    SHARES

  • तिन पार्टीको मन्त्रालय टुंगियो, मन्त्रिपरिषद बिस्तार तयारीमा प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन। आजै दिउँसो ३ बजे थपिएका मन्त्रीको शपथ गराउने गरी गृहकार्य थालिएको छ ।

    images
    images

    गठबन्धनका दलहरूले यसअघि मन्त्रीको भागबन्डा टुंग्याइसकेका छन। गठबन्धनका दलसँग उनले मन्त्रीको नाम एक बजेसम्म मागेका छन ।सरकारमा सहभागी हुने ९ दलमा कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भइसकेको छ ।

    यद्यपि केही दललाई मन्त्रालय बाँडफाँटको विषय अझै केही टुंगिन बाँकी हुँदा मन्त्रिमण्डल विस्तारमा विलम्ब भएको बताइएको छ । कांग्रेसले रक्षा, अर्थसहितको मन्त्रालय पाउने निश्चित भइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट ८ जना मन्त्री बन्नेछन् ।

    २ मन्त्रालय पाएको नेकपा एसबाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको पार्टीनिकट स्रोतले बताएको छ । यसअघि भौतिकमा रहेका नारायणकाजी श्रेष्ठलाई गृह पठाउने तयारी छ । लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन। जसपाले शिक्षा र वन मन्त्रालय पाएको अध्यक्ष उपेन्द्र यादवले बताए कसलाई पठाउने भन्ने टुंगो लाग्न बाँकी रहेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस