काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको बताएकी छन्। कार्यकालको एक सय दिन पुरा भएको अवसरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री श्रेष्ठले ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी हुन् ।
मन्त्री श्रेष्ठले दलको सदस्यता त्यागेको प्रगति विवरण सुनाएकी थिईन। शिक्षकहरुलाई राजनीतिबाट निरुत्साहित गर्न आफ्नो प्राथमिकता रहेको उनले बताईन। शिक्षामन्त्रीको पदभार ग्रहण पछि शिक्षकलाई दलको सदस्यता त्याग गर्न उनले निर्देशन दिएकी थिईन् ।