काठमाडौं–नेपालमा इन्जिनियरिङ परिषद्को परिक्षा तयारीको लागि टिम नेपाल इन्जिनियरिङ् लर्निङ सेन्टर प्रा.लि.ले टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गरेको छ । यो सेवाले नेपाल इन्जिनियरिङ परिषद्को परीक्षाको तयारी गरिरहेका इन्जिनियर विद्यार्थीहरूलाई लाभान्वित हुने अपेक्षा लिइएको छ ।
प्लेटफर्ममा नेपाल इन्जिनियरिङ परिषद्को पाठ्यक्रममा समेटिएका विषयहरू अन्तरगत रहेर विद्यार्थीहरूलाई आवश्यक पाठ्यसमाग्री राखिएको छ । जसले गर्दा विद्यार्थीहरूले वास्तविक परीक्षाको सामग्री र ढाँचालाई प्रतिबिम्बित गर्ने प्रष्टिकरण (Explanations) सहितको बहुविकल्पी प्रश्नहरूको डाटावेसमा पहुँच गर्न सक्छन् । यो सुविधाले विद्यार्थीको तयारीलाई अझ प्रभावकारी बनाउँदै वास्तविक परीक्षा वातावरणको अनुभव प्रदान गर्छ ।
करिब एक लाख बहुविकल्पी प्रश्नहरूको डाटाबेसको अतिरिक्त, प्लेटफर्ममा विस्तृत सिद्धान्त खण्डहरू पनि समावेश गरिएका छन् । यी खण्डहरू अध्ययन गर्दा विद्यार्थीहरूलाई भौतिक पुस्तकबाट पढिरहेको महसुस गर्नेछन्, पाठ्यक्रममा समेटिएका प्रत्येक विषयका लागि गहिरो व्याख्या र सन्दर्भहरू पनि उपलब्ध छन्। यो दोहोरो अध्ययनको सिद्धान्तले विद्यार्थीहरू बहुविकल्पी प्रश्नहरू अभ्यास गर्ने सीमितता बाट निस्केर ती प्रश्नहरू अन्तर्निहित अवधारणाहरू पनि राम्ररी बुझ्ने अवसर प्राप्त गर्छन् ।
टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्मको उत्कृष्ट विशेषताहरू मध्ये एक यसको पहुँच हो। विद्यार्थीहरूले लचिलो र सुविधाजनक सिकाइ अनुभव आफ्नो मोबाइल फोन वा ल्यापटप बाट इन्टरनेट उपलब्ध जुन सुकै ठाउँबाट गर्न सकिनेछ। चाहे घरमा, ट्रान्जिटमा, वा क्याम्पसमा, विद्यार्थीहरूले बिना अवरोध आफ्नो अध्ययन जारी राख्न सक्नेछन् ।
“हाम्रा विद्यार्थीहरूलाई टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गर्दै यसका विशेषताहरू परिचय गराउन पाउँदा हर्षित छौं।“ टिम नेपाल इन्जिनियरिङ् लर्निङ सेन्टर की कार्यकारी निर्देशक अप्सरा तिम्सिना पौडेलले भनिन् “हाम्रो लक्ष्य एक व्यापक र पहुँच योग्य सिकाइ सामाग्री निर्माण गर्नु हो जसले विद्यार्थीहरूलाई उनीहरूको इन्जिनियरिङ् परिषद्को परीक्षा तयारी यात्रामा उपयोगी र निर्विकल्प बन्न सकोस्। वास्तविक परीक्षा वातावरणको अनुकरण गरेर र विस्तृत सिद्धान्त खण्डहरू प्रदान गरेर, उनीहरूको बुझाइ बढाउन र उनीहरूको आत्मविश्वास बढाउने लक्ष्य हाम्रो छ।“
विभिन्न डिजिटल डिभाइसको प्रयोगले पढ्न सकिने यस लर्निङ प्लाटफर्म र यस भित्र उपलब्ध पाठ्य सामाग्री एवं पढ्ने प्रक्रियाहरूको विविधताले यसलाई नेपाल इन्जिनियरिङ परिषद्को परीक्षा उत्तीर्ण गर्ने इच्छुक इन्जिनियरहरूका लागि उपयुक्त र पर्याप्त हुनेछ । प्रविधिको साथ शिक्षाको विकास जारी रहँदा, टीम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म अग्रपङ्क्तिमा उभिने प्रयासमा रहेको छ, जसले विद्यार्थीहरूलाई उनीहरूको अनवरत इन्जिनियरिङ्ग यात्रामा सानो सहयोग प्रदान गरोस् । थप जानकारीको लागि र आफ्नो सिक्ने यात्रा सुरु गर्न www.teamnepal.com.np मा जानुहोस् ।