Logo

Jul 30 2026 | २०८३, साउन १४गते

माफियाको गलत प्रचारले सरकारी अधिकारीमा त्रास, टाईगर प्यालेसले क्यासिनोको लाईसेन्स नपाउँदा ४ सयको रोजगारी जोखिममा


शुक्रबार, साउन ११ २०८१०८:४७
  • 912
    SHARES

  • माफियाको गलत प्रचारले सरकारी अधिकारीमा त्रास, टाईगर प्यालेसले क्यासिनोको लाईसेन्स नपाउँदा ४ सयको रोजगारी जोखिममा


    काठमाडौं–गैरआवासीय नेपालीहरुको लगानी रहेको भैरहवामा संचालित पाँचतारे होटेल बन्द गराउन माफियाको फेरी चलखेल सुरु गरेका छन् । विदेसीको लगानीमा संचालित पाँचतारे होटेल टाइगर प्यालेस नेपालका माफियाको चंगुलमा परेर करोडौंको घाटा व्यहोरेर फर्किएको थियो । 

    images
    images


    विदेशि लगानीकर्ता फकिएर कम्पनि बन्द हुने अवस्थामा पुगे पछि अन्तराष्ट्रिय जगतमा नेपालको बारेमा नकरात्म्क सन्देश जाने भए पछि स्वदेशमा केही गरौं भनेर गैरआवासीय नेपालीहरुले टाइगर प्यालेस किनेका थिए । विभिन्न चुनौतिका बावजुत होटेल र क्यासीनो नेपालको कानुन अनुसार खरिद गरी नियमानुसार संचालन ल्याएको ३ महिना नवित्दै विदेशीलाई दुःख दिएका मफियाहरुले फेरी एनआरएनहरुलाई दुःख दिन थालेका छन् ।

    माफियाको चलखेलकै कारण करिव ४ अर्व रुपैयाँ भन्दा बढी लगानी गरेर खरिद गरेको टाइगर प्यालेस रिसोर्टमा संचालित क्यासिनो गत साउन १ गतेदेखि बन्द छ । होटलमा सञ्चालित क्यासिनोले प्रिलाइसेन्स पाए पनि पूर्ण लाइसेन्स नपाउँदा क्यासिनो बन्द रहेको  टाइगर प्यालेसका अध्यक्ष बुद्धी सुबेदीले बताए । ‘क्यासिनो वन्द हुँदा करिव ४ सयको रोजगारी जोखिममा परेको छ,’ सुवेदीले भने, ‘करोडौंको सरकारी राजश्व पनि क्षति भएको छ ।’ 


    माफियाहरुले सित्तै क्यासिनोमा सेयर माग्दा गैर आवासीय नेपालीहरुले नदिए पछि लाइसेन्स रोक्नका लागि गलच प्रचार गरेका छन् । ‘माफियाहरुले विभिन्न अनलाईन सञ्चार माध्यमको प्रयोग गरी राष्ट्रसेवक कर्मचारी तथा उच्च अधिकारीहरुलाई आर्थीक चलखेलको आरोप लगाउने, निराधार हल्ला फिँजाउने, झुटा र कपोकल्पित समाचार लेख्न लगाई मानमर्दन गरिरहेका छन् यो कुरा गलत हो,’ होटेल संचालक दिपक गौतमले भने ।


    टाइगर प्यालेसमा सञ्चालि पुरानो कम्पनी बन्द भए पछि नयाँ कम्पनीबाट क्यासिनोको लाइसेन्स लिने प्रक्रिया अघि बढाए पनि स्थानीय विचौलियाले सित्तैमा सेयर मागेर नपाए पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अधिकारीलाई अनावश्यक लान्छना लगाएर त्रास सृजना गर्ने काम गरेका छन् । ‘अनलाई पत्रिकामा प्रकासन गर्न लगाई सम्वन्धित अधिकारीलाई लिंक पठाई त्रास देखाउने, म्यासेजमा धम्कि दिने काम भईरहेको छ । जसका कारण नियमानुसार पाउनुपर्ने क्यासीनोको लाइसेन्स रोकिएको छ ”। गौतमल भने ‘त्यसका विरुद्धमा कानुनी उपचारमा कानुनी उपचारका लागी साईबर व्युरो, प्रेस काउन्सिल र आवस्यक परे सम्मानित अदालत सम्म पुगिने छ ”।


    टाईगर प्यालेसले रोयल टाइगर रिक्रियसन प्रालिलाई लिजमा क्यासिनो संचालन गर्न दिने गरी गत बैसाखमै सहमति प्रदान गरेको थियो । क्यासीनो अनुमति आबेदक कम्पनी रोयल टाइगर रिक्रियसन प्रालिले नियमानुसार प्रकृया पुर्याई तोकिएको समयमा आबेदन गरेको थियो ।गत आषाढ मसान्तसम्म एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको नाममा क्यासिनोको लाईसेन्स रहेको थियो । जसमा सिल्भर हेरिटेज इनभेष्टमेन्ट प्रालिको ९० प्रतिशत र टाईगर काठमाडौ इनभेष्टमेन्ट प्रालिको नाममा १० प्रतिशत शेयर रहेको थियो ।


    एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले कोभिडका कारण लामो समयसम्म क्यासनो संचालन गर्न नपाउँदा सरकारलाई तिर्ने करिव ५१ करोड राजश्व तिर्न सकेको थिएन । त्यसका अलावा काठमाडौमा संचालित सांग्रिलाको क्यासिनोको भाडा, टाइगर प्यालेसमा संचालित क्यासिनोको भाडा तथा अन्य बक्यौता गरि धेरै रकम तिर्नुपर्ने भएका कारण आफैले क्यासिनो संचालन गर्न नसक्ने अवस्था भएकाले संचालकहरु एसएचएल म्यानेजमेन्ट सर्भिसेजबाट क्यासिनो संचालन नगर्ने निर्णयमा पुगेको थिए । 


    एसएमएसके कम्पनी गत आर्थिक बर्षमा १ अर्व २० करोड घाटामा थियो । सोही घाटा पुर्ति गरि कम्पनी नाफामा लैजान कठिन भएको भन्दै सवै शेयरधनीको सहमतिमा साधारण सभाले कम्पनी बन्द गर्ने निर्णय गरेको थियो । सो साधारण सभामा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीको तर्फबाट संचालकहरु बुद्धीसागर सुबेदी र दिपक गौतम तथा टाइगर काठमाडौं इनभेष्टमेण्ट प्रालिको तर्फबाट संचालक सदस्य संचित श्रेष्ठको हस्ताक्षर गरेका थिए । साधारणसभाको सोही निर्णय बमोजिक एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले आव २०८१।८२ कालागी क्यासिनो ननीकरणको आबेदन गरेको थिएन भने रिसोर्ट संचालक टाइगर वान कम्पनिलाई समयमै आफुले क्यासिनो संचालन गर्न नसक्ने जानकारी थियो ।
    १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौ इन्भेष्टमेन्ट प्रालिका तर्फबाट संचालक सदस्य संचित श्रेष्ठले सरकारलाई बुझाउनुपर्ने राजश्व र अन्य दायित्व लिनुभन्दा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिलाई बन्द गर्न अनुरोध गरेका थिए । उनकै प्रस्ताव अनुरुपमा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि बन्द गर्न संचालक सदस्यहरु बुद्धिसागर सुबेदी र दिपक गौतम सहमत भएका हुन् ।


    क्यासिनो बन्द गर्ने निर्णय गरे पछि संचित श्रेष्ठको सेयर किनेको बताउने सुनिलजंग रायमाझीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेर लाइसेन्स रोक्न अन्तरिम आदेश माग गरेका थिए । अदालतका न्यायाधिश धिर बहादुर चन्द र प्रकाश खरेलको संयुक्त इजलासले अन्तरिक आदेश जारी गर्न मिल्ने अवस्था नभएको आदेश गरेको थियो ।

    adalat.jpg
    undefined

    अदालतबाट अन्तरिम आदेश नआए पछि सञ्चाकलहरुलाई विभिन्न दबाब दिने, पर्यटन मन्त्रालय र विभागका अधिकारीमा त्रास सृजना गरेर लाइसेन्स रोक्ने प्रयास गरेका छन् ।नेपालको नियमकानुन अनुसार काम गर्ने र नेपालको विकासमा टेवा पुर्याउने असल नियतका साथ नेपालमा आएका गैरआवासीय नेपाली संघ अमेरीकाका निबर्तमान अध्यक्ष बुद्धीसागर सुबेदीको समुहले इमान्दारीपुर्वक लाभ कर, र क्यासिनोको बक्यौताबापतको करिव ५५ करोड नेपाल सरकारलाई बुझाइसकेको छ । त्यतिमात्र होइन कोभिडको समयमा क्यासिनो बन्द भएर तलब नपाएका टाइगर प्यालेसका मजदुरको समस्या समेत हल गरेको छ । काठमाडौमा रहेको होटेल सांग्रिाला हाल संचालनमा नभएका कारण त्यहाँका मजदुर समस्या समाधान गर्न कठिन भएको संचालकको भनाई छ  यद्यपी टाइगर वानमा भएको श्रमिक समस्या भने हल भएको छ । नियमित रुपमा व्यावसाय संचालनमा आएमात्र अन्य समस्याहरु समाधान हुँदै जानेछन, तर व्यावसाय नै बन्द गरेर त राज्यले के पाउला र ? अध्यक्ष सुबेदीले गुनासो गरे ।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस