Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको संगठन विस्तार अभियान


मंगलबार, भदौ ११ २०८१०१:४७
  • 1.1K
    SHARES

  • नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको संगठन विस्तार अभियान

    बागलुङ । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले संगठन विस्तार अभियान थालेको छ । गाउँसम्म संगठन विस्तार गर्नेगरी बागलुङका १० वटै पालिकामा अभियान सञ्चालन गरेको हो । अभियान अन्र्तगत जिल्लाको गल्कोट नगरपालिकामा प्रथम नगर अधिवेशन गरेको छ ।

    images
    images

    ‘श्रमको सम्मान गरौ,श्रम शक्ति नै राष्ट्र शक्ति हो ’ भन्ने मुल नाराका साथ पहिलो पटक गल्कोटमा समिति गठन गरिएको छ । प्रथम अधिवेशनको उदघाटन गर्दै गल्कोट नगरपालिका प्रमुख भरत गैरेले श्रमिक वर्गको हक, हितको लागि कानुन भएपनि कार्यान्वयन भने हुन नसकेको बताउनुभएको छ । उहाले श्रमजीवी वर्गका सबै खाले समस्यालाई समाधान गर्न सबै क्षेत्रको भुमिका अपरिहार्य रहेको बताउनुभयो । 

    कार्यक्रममा पुर्व सांसद एवं महाधिवेशन प्रतिनिधि नर बहादुर पुन,नेपाली काग्रेस बागलुङका सहसचिव एवं गल्कोट नगरपालिका–३ का वडा अध्यक्ष फम खत्री, ने.का महासमिति सदस्य एवं नेपाल ट्रेड युनियन काग्रेसका राष्ट्रिय प्रतिनिधि उमाकान्त पौडेल, नेपाली काग्रेस क्षेत्र नं.२ प्रदेश ‘क’ का सभापति तिलक घर्ति,नेपाली काग्रेस गल्कोट नगरपालिका कार्यवाहक सभापति यज्ञप्रसाद सापकोटा,नेपाली काग्रेस जिल्ला सदस्य एवं गल्कोट नगरपालिका महिला संघ अध्यक्ष मिना श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङका अध्यक्ष  ईश्वर ठाकुर पौडेलको अध्यक्षता र सचिव विर बहादुर किसान को संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । 

    गल्कोटमा भएको प्रथम नगर अधिवेशनले १३ सदस्यि नयाँ कार्य समिति सर्वसम्मन चयन गरेको छ । समितिको अध्यक्षमा ईश्वर गौतम, उपाध्यक्षमा सुरेश छन्त्याल, महिला उपाध्यक्षमा उमा न्यौपाले, सचिवमा गोविन्द उपाध्याय, सह सचिव कृष्ण प्रसाद गौतम र कोषाध्यक्षमा धना खडका रहनुभएको छ । सदस्यमा रन्त अधिकारी, दुर्गा बहादुर भण्डारी, राजन सुवेदी र केशव गौतम रहनुभएको छ । अन्य सदस्य भने समितिले पछि मनोनय गर्ने भएको छ ।  

    नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले यस अगाडी जिल्लाको जैमिनी नगरपालिका र बरेङ्ग गाउँपालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ । आगामी दिनमा अन्य बाँकी रहेका पालिकामा अधिवेशन गर्ने तयारी तयारी नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले गरेको छ ।

    455814235_2196085510767997_1986503268440630220_n.jpg
    456519378_967493048482026_590890346888218248_n.jpg

     


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस