बागलुङ । बागलुङको जैमिनी नगरपालिका-९ पैयुँथन्थाप स्थित जनता माध्यमिक विद्यालयको आयोजनामा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
तीज गीत प्रतियोगितामा आधारभूत तह तर्फ सगरमाथा सदन प्रथम, धवलागिरी सदन द्वितीय भएको छ । माध्यमिक तह तर्फ मकालु सदन प्रथम र कञ्चनजङ्घा सदन द्वितीय भएको छ ।
कार्यक्रममा शिक्षक विष्णुप्रसाद शर्मा र टीका थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक नुम कुमारी देवी शर्माको अध्यक्षता र शिक्षक सूर्य पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।