Logo

Jul 30 2026 | २०८३, साउन १४गते

पत्रकार पौडेल ‘क्रियासिल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत


आइतबार, असोज ६ २०८१०९:१०
  • 1.0K
    SHARES

  • पत्रकार पौडेल ‘क्रियासिल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत



    काठमाडौं-
    पत्रकार दिलीप पौडेल प्रेस काउन्सि नेपालले प्रदान गर्ने क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१बाट पुरस्कृत

    images
    images

    भएका छन् । पत्रकारिता क्षेत्रमा निरन्तर क्रियासिल रही विशेष योगदान पु¥याए बापत पौडेललाई प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औं वार्षिकोत्सवका अवसरमा पुरस्कृत गरेको हो ।


    प्रेस काउन्सिल नेपाल सञ्चार माध्यमको अनुगमन, मूल्याङ्कन गरी पत्रकारिता क्षेत्रलाई मर्यादित तथा जिम्मेवार बनाउने सरकारी निकाय हो । नागरिक दैनिकको आर्थिक व्यूरो प्रमुख रहेका पत्रकार पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा आइतबार राष्ट्रपति कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कार रासी र प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए । पौडेल नेपाल प्रेस युनियनका महासचिव समेत हुन् ।


    डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेलले यसअघि दजनौं सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । आर्थिक, भ्रष्टाचार तथा खोज पत्रकारितामा दख्खल राख्ने पौडेलले बारबरा एडम्स खोज पत्रकारिता पुरस्कार, नेपाल आर्थिक पत्रकार समाजले प्रदान गर्ने सेजन अवार्ड, नेपाल उद्योग वाणिज्य महासंघबाट उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार लगायतका दर्जनौं पुरस्कार पाइसकेका छन् । पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पौडेल राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट पनि सम्मानित भएका थिए ।

     


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस