Logo

Jul 30 2026 | २०८३, साउन १४गते

छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


सोमबार, असोज ७ २०८१०९:००
  • 396
    SHARES

  • छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    पोखरा । सहकारीको रकम अपचलन आरोपमा पक्राउ  परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

    images
    images

    जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन थुनामा राख्न अनुमति दिएको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।

    प्रक्राउ गरी जोशीलाई जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो । पूर्वडीआईजी जोशीको सहकारी ठगी मुद्दामा मंगलबारदेखि मात्रै बयान सुरु हुने भएको छ । 

    संसदीय छानबिन समितिले सहकारीको रकम दुरुपयोगमा सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राई, जीविका दाजु भूपेन्द्र राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछाने लगायतलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस