Logo

Jul 30 2026 | २०८३, साउन १४गते

मेलम्चीको भ्रष्टाचार मुद्दामा दोषी ठहर ३ कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण


सोमबार, असोज ७ २०८१०९:१७
  • 396
    SHARES

  • मेलम्चीको भ्रष्टाचार मुद्दामा दोषी ठहर ३ कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण

    विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको छ। टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको हो।

    images
    images

    अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो। सोमबार सो फैसलाको सजाय निर्धारण गर्दै पूर्वसचिव ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरेको हो।

    अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानपानी समितिका तत्कालीन अध्यक्ष रहेका पूर्वसचिव गजेन्द्र ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिवाना १० करोड १० लाख ६१ हजार ७५ रूपैयाँ निर्धारण गरेको छ।

    अदालतले तत्कालीन खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई आठ वर्ष एक महिना कैद र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ रूपैयाँ जरिवाना तोकेको छ। परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिमलिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ रूपैयाँ जरिवाना तोकेको छ।

    अदालतले दोषी ठहर गरी सजाय निर्धारण गरेका कम्पनीमा इपिआइआइएसए मतियार ठहर जरिवाना छ करोड २१ लाख ९३ हजार पाँच सय ९६ रूपैयाँ छ। बिइटिएसलाई मतियार ठहर गर्दै जरिवाना दुई करोड ९५ लाख ६५ हजार छ सय तीन रूपैयाँ गरेको छ। सिएमसी डी राभेनालाई २६ करोड ११ लाख छ हजार नौ सय ९१ रूपैयाँ जरिवाना गरेको छ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते विशेषमा उक्त प्रकरणमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले डा सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेल, रूद्रसिंह तामाङ, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, भोजविक्रम थापा, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल र केदारप्रसाद अर्याललाई सफाइ दिएको थियो ।



    प्रतिक्रिया दिनुहोस