Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको जिल्ला परिषद सम्पन्न


शुक्रबार, असोज १८ २०८१०७:२३
  • 1.5K
    SHARES

  • नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको जिल्ला परिषद सम्पन्न

    बागलुङ । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको जिल्ला परिषद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सबैका लागि सामाजिक न्याय र मर्यादित रोजगारी’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम, सातौ जिल्ला अधिवेशन पछिको पहिलो परिषदको रुपमा सम्पन्न भएको हो ।

    images
    images

    जिल्ला परिषदको उदघाटन गर्दै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सामाजिक सुरक्षा कोषमा आफनो गाउँपालिका आवद्ध भईसकेकोले सबै श्रमिकलाई निरन्तर कोषमा संलग्न गर्ने गरी काम अगाडी बढिरहेको बताउनुभएको छ । उहाले श्रमिकको हक हितको लागि गाउँपालिकाले काम गर्दै आईरहेकोले आगामी दिनमा श्रम बैक कार्यान्वयनमा लैजाने तयारी भईरहेको बताउनुभयो । श्रमजिवीहरु परिवर्तका सम्वाहक भएकाले श्रमिकको आर्थिक र सामाजिक विकासमा सबै लाग्नुपर्ने अधिकारीको भनाई छ ।

    कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष एवं अनगमन समितिका संयोजक घनश्याम रेग्मी, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रिय श्रम सम्बन्ध विभाग सदस्य उमाकान्त पौडेल,सुचना तथा प्रचार प्रसार तथा प्रकाशन विभाग केन्द्रिय सदस्य कल्पना खरेल र लैङ्गिक सेल केन्द्रिय सदस्य हुमा रिजा,नेविसंघ केन्द्रिय सदस्य,श्रीकृष्ण पौडेल र मनोज सापकोटाले धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रिय तथा प्रदेश समितिको बिभिन्न पदमा विजयी तथा मनोनियन भएका पाँच जनालाई सम्मान गरिएको थियो ।  

    जिल्ला पदिरषदमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला सचिव बीर बहादुर किसानले सांगठनिक प्रतिवेदन र सह कोषाध्यक्ष अम्बिका गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    नेपाल ट्रेड युनियन कांग्रेस बागलुङका अध्यक्ष  ईश्वर ठाकुर पौडेलको अध्यक्षता,उपाध्यक्ष कुमार प्रसाद उपाध्यायको स्वागत र सचिव विर बहादुर किसान को संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । 

    461698768_1767729460665968_4200590448789490763_n.jpg

    461601248_981438080407520_8388571848731422509_n.jpg

    461666397_9193012477376257_6429509691316587876_n.jpg


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस