बागलुङ । पठनपाठनलाई थप गुणस्तरीय र प्रभावकारी बनाउनको लागि बागलुङको कालीगण्डकी आवासिय माविले अभिभावकसंग साक्षात्कार गरेको छ । बिद्यालयको शैक्षिक सुधार र बालबालिकाहरुको अध्ययनलाई थप मर्यादित र नतिजामुखी बनाउन अभिभावहरुसंग राय सुझाव संकलन गरिएको छ ।
शिक्षक अभिभावकबीचको सहकार्य तथा समन्वयबाट बिद्यार्थीको शैक्षिक गुणस्तर अभिबृद्धिमा टेवा पु¥याउने उदेश्यले कालीगण्डकी आवासिय माविले झन्डै एक महिना सम्म बालबालिकाका आमाबुबासंग साक्षात्कार कार्यक्रम संचालन गरेको हो । सकरात्मक तवरबाट संस्कार युक्त शिक्षाको विकासको लागि मंसिर १ गतेदेखि अभिभावसंगको साक्षात्कार कार्यक्रम संचालन गरिएको कालीगण्डकी आवासिय विद्यालयका प्रिन्सिपल सुरेन्द्र शाक्यले बताउनुभयो ।
अभिभावको माध्यमबाट बालबालिकाको भावना बुझी शैक्षिक योजना बनाउन अभियान थालिएको शाक्यले बताउनुभयो । विद्यालयमा शैक्षिक सुधार र गुणस्तरीय पढाईलाई जोड दिदै आएको उहाले बताउनुभयो । बिद्यालयले प्ले ग्रुप देखि कक्षा १०सम्म अध्ययन गर्ने बिद्यार्थीहरुका अभिभावसंग छुटाछुटै रुपमा साक्षात्कार गरेको छ ।

विद्यार्थीको मनोविज्ञान अनुसारको व्यवहारसंगै पठाई दिई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नको लागि बिभिन्न कार्यक्रमहरु बिद्यालयले संचालन गर्दै आएको शिक्षक जीवन नाथ शर्मा रेग्मीले बताउनुभयो । बिद्यालयमा भन्दा घरमा बालबालिकाहरु अभिभावसंग बढि रहने हुदा उनीहरुको व्यवहारबारे जानकारी लिई अध्ययनलाई प्रभावारी बनाउने रेग्मीले बताउनुभयो ।
नियमित प्रविधियुक्त व्यवहारीक र गुणस्तरीय शिक्षा, मनोवैज्ञानिक परामर्श, कोचिङ कक्षाको व्यवस्था, विभिन्न अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था, स्वास्थ्य परीक्षण, यातायातको व्यवस्था, आवासिय सुविधा, र मनोवैज्ञानिक ढंगबाट अध्यापनमा जोड दिदै आएको बिद्यालयले जनाएको ।
२०४९ सालमा स्थापना भएको बिद्यालयमा अहिले तिन सय भन्दा बढि बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन ।

