बागलुङ । नेपाल निजामती कर्मचारी युनियन बागलुङको नवौँ जिल्ला अधिवेशनबाट देव प्रकाश घिमिरे अध्यक्षतामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा खुला तर्फ विनाराम डाँगी, समावेशी उपाध्यक्षमा वुद्धिराम गुरुङ र महिला उपाध्यक्षमा मञ्जु कार्की, सचिवमा सुजन श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम गौतम र सहसचिवमा दिपेन्द्र केसी चयन हुनु भएको छ ।
सदस्यहरुमा मनोज भुषाल, सुर्दशन कुसारी, घनश्याम ज्ञवाली, हरिकृष्ण शर्मा, वलराम अधिकारी, हरि पौडेल, गीता रिजाल शर्मा, प्रेमकुमारी केसी, छत्रमणी लाल कर्ण, पृथ्वीबहादुर थापा, शिवबहादुर बस्नेत र रमाकान्त पौडेल सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक खेमप्रसाद आचार्यले बताउनुभयो ।
अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिमा मोहन कुमार केसी, प्रकाश सुवेदी, जोगबहादुर घर्ती, लक्ष्मण पौडेल, माधवी शर्मा र नारायण पौडेललाई र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा देव शर्मा आचार्य, टेकनारायण सुवेदी, दुर्गाप्रसाद शमा, आनन्द प्रसाद शर्मा, गीता सापकोटा र अम्बिका सापकोटा चयन हुनुभएको छ ।
कार्यक्रममा उत्कृष्ठ कर्मचारी र विभिन्न संगठन छाडेर आएकालाई सम्मान र स्वागत गरिएको थियो । कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन, बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता, उपाध्यक्ष जोकबहादुर घर्तीको स्वागत, सचिव नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।