Logo

Jul 30 2026 | २०८३, साउन १४गते

राजनीतिक स्थायित्वको लागि वर्तमान सरकार : उपप्रधान तथा सहरी विकासमन्त्री सिंह


बुधबार, माघ ९ २०८१०५:१८
  • 504
    SHARES

  • राजनीतिक स्थायित्वको लागि वर्तमान सरकार : उपप्रधान तथा सहरी विकासमन्त्री सिंह

    बागलुङ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको लागि वर्तमान सरकार बनेको बताउनु भएको छ । नेपाल प्रेस युनियन बागलुङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिहंले यस अगाडीका अस्थिर सरकारबाट नागरिकहरु निरास भएका कारण अहिले स्थायित्व सरकार बनेको बताउनुभयो ।

    images
    images

    उहाले २०८४ साल सम्म नेपाली काग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले निरन्तर पाउने बताउनुभयो । देशको विकासको लागि नेपाली काग्रेस र नेकपा एमालेबिचको सहकार्य निरन्तरत हुने बताउनुभयो । सरकार परिवर्तनको बिषय बाहिर हल्ला पिटे जस्तो नभएको उहाको भनाई छ ।  

    अरु दलका नेताहरुले बाहिर के भन्नुभयो त्यसमा हामीहरुको चासो छैन तर वर्तमान सरकारले निरन्तरता पाउछ सिहंको भनाई छ । देशलाई निकास, स्थायित्व र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुयाउने काम अहिलेको सरकारले गर्ने बताउनुभयो । उहाले सुशासन र ढिला सुस्ती हटाउनको लागि अध्यादेश ल्याउनुपरेको बताउनुभयो । यसबाट काम गर्न सहज हुने उहाको भनाई छ ।

    बुधबार बागलुङ नगरपालिकाले घोषणा गर्न लागेको बालमैत्री स्थानीय शासनयुक्त स्थानीय पालिकाको घोषणा सभाका लागि सिंह बागलुङ आउनुभएको हो । नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । 


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस