Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा


बुधबार, माघ ९ २०८१०६:२०
  • 1.1K
    SHARES

  • बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा

    बागलुङ । बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ । देशभरबाट २५ औ र जिल्लाको दोस्रोे स्थानिय तहको रुपमा बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ ।

    images
    images

    बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बालमैत्री अभियानले बालबालिकाहरुको गुणस्तरीय व्यवहारिक शिक्षा र सिकाई मार्फत देशले असल नागरिक पाउने बताउनुभएको छ । उहाले बालबालिकाहरुको हकहितको लागि जागरण र चेतना फैलाई दिगो भविष्य निमार्णमा सबै लाग्नुपर्ने बताउनुभयो । 

    bal  (7).JPG

    बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो । २०७९ जेष्ठ ६ गतेको बागलुङ कार्यपालिकाको बैठकले बालमैत्री स्थानीय शासन नगर घोणना गर्ने निर्णय गरेको थियो ।  

    यस अगाडी बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१  सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ । नगरपालिकाले आगामी दिनमा हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले बनाउनुपर्ने भएको छ ।

    bal  (1).jpg

    bal  (6).JPG
    bal  (5).JPG
    bal  (3).JPG


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस