बागलुङ । कालिगण्डकी कोरिडोर अन्तर्गत मालढुङ्गा–बेनी जोडने १३ किलोमिटर सडक निमार्ण थालेको चार बर्षपछि कालोपत्रे सुरु गरिएको छ । पहिलो चरणमा कुश्मा नगरपालिका–१ माझीबस्ती देखि जलजला गाउँपालिका–८ लस्तीसम्मको खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्रे गर्न सुरू गरिएको हो ।
मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको यस सडक ठेकेदारको ढिलासुस्तीको कारण २०७९ सालमा सम्पन्न गर्नुपर्ने थियो । सडक निर्धारित समय भन्दा दुई बर्षपछि कालोपत्रे सुरु गरिएको छ ।अहिले तिव्र रुपमा कालोपत्रे थालिएको निमार्ण व्यवसायका आधिकारी प्रतिनिधि रनबहादुर खत्रीले बताउनुभयो ।
यस अगाडी सडकलाई ११ मिटर चौडा पारिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रू ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । समयमा काम सम्पन्न हुन नसकेपछि पुन २०८१ असार सम्म काम सम्पन्न गर्ने गरि म्याद थप गरिएको कालिगण्डकी कोरिडोर सडक आयोजनाले जनाएको छ ।