Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

बागलुङ सेवा समाज अमेरिकामा नयाँ नेतृत्व चयन


स्वतन्त्र
मंगलबार, चैत ११ २०८१०६:५२
  • 1.1K
    SHARES

  • बागलुङ सेवा समाज अमेरिकामा नयाँ नेतृत्व चयन


    बागलुङ–विभिन्न पेशा, व्यवसायका लागि अमेरिका पुगेका बागलुङेहरुको संस्था बागलुङ सेवा समाज अमेरिकामा नयाँ नेतृत्व चयन भएको छ । सन् २०१५ मा विधिवत गठन भएको बागलुङ  सेवा समाज अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशन गौरिश्वर शर्माको नेतृत्वमा नयाँ कार्य समीति चयन गर्दै सम्पन्न भएको छ ।

    images
    images

    समाजको वरिष्ठ उपाध्यक्षमा कृष्ण जिसी, महिला उपाध्यक्षमा चमेली परियार खाती, उपाध्यक्षहरूमा भविन्द्र बस्नेत , माधव शर्मा  , एकादेव शर्मा ,शंकर पौडेल र महासचिवमा खिवराज शर्मामा निर्वाचित भएका छन् । त्यसैगरी, सचिवहरूमा लेखनाथ गौतम,  काशि खड्का , दुर्गा प्रसाद सापकोट , महदत्त कंडेल , घनश्याम शर्मा , मेघनाथ पौडेल , कोषाध्यक्षमा टीका गिरि, सहकोषाध्यक्ष, प्रकाश कँडेल रहेका छन् । त्यसैगरी, महिला संयोजकमा  निशा सुनुवार , युवा संयोजकमा विकास जिसी , बोर्ड डाइरेक्टरहरू राजु रिजाल, राम थापा, जीवनाथ कंडेल चयन भएका छन् । 

    अमेरिकाका सबै राज्यमा रहने बागलुङे सहभागिता सहजतालाई ख्याल गर्दै भर्चुअल माध्यमबाट अधिवेशन गरीएको थियो । उत्साहजनक उपस्थितीरहेको कार्यक्रममा विभिन्न राज्यका च्याप्टर कमिटी र अन्यको पनि उपस्थिति थियो ।

    महाधिवेशनको निर्वाचन प्रक्रिया निर्वाचन आयोगका संयोजक भूमिस्वर सापकोटाको नेतृत्वमा डा. गंगाधर आचार्य र कुलानन्द शर्मा को तीन सदस्यीय कमीटीले गरेको थियो । निर्वाचन आयोगले निष्पक्ष र सुव्यवस्थित रूपमा निर्वाचन सम्पन्न गरेकोमा सबै पक्षहरूले धन्यवाद समेत व्यक्त गरेको छ । नवनिर्वाचित कमीटीलाई निर्वाचन कमीटीका संयोजक र सदस्यहरूले बधाइ एवं शुभकामना समेत व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस