Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङमा यस बर्षपनि चैत्राष्टमी मेला हुने


बिहीबार , चैत १३ २०८१०१:०८
  • 348
    SHARES

  • बागलुङमा यस बर्षपनि चैत्राष्टमी मेला हुने

    बागलुङ । बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत २० देखि २५ गतेसम्म बिभिन्न सांस्कृतिक, धार्मिक सम्मेलन एवं खेलकुदका कार्यक्रमका साथ चैत्राष्टमी मेला हुन लागेको छ । 

    images
    images

    गण्डकी प्रदेशकै सबैभन्दा ठुलो मेलाको रुपमा चिनिने चैत्राष्टमी मेलामा बागलुङ लगाएत अन्य छिमेकी जिल्लामा उत्पादन गरिएका डाला, नाङ्गला, ठेका, मादल तथा कृषि र घरेलु साम्रागीको बिक्री बितरण मुख्य केन्द्रको रुपमा मानिदै आएको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताउनुभयो । 

    हरेक बर्ष जस्तै यस बर्षपनि मेलाको आयोजना गरिएको छ । बागलुङ, पर्बत म्याग्दी, लगाएतका पोखरा, बुटवल, चितवन, स्याङजा, गुल्मी काठमाण्डौ जिल्लाबाट र केही बिदेश पर्यटकहरु पनि मेला अवलोकन गर्न आउने गुठीका प्रेस सल्लाहाकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो । 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस