Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शाक्य


आइतबार, चैत १६ २०८१११:५२
  • 512
    SHARES

  • बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शाक्य

    बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन कुमार शाक्य विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्थी उमाकान्त शर्मा ‘बाबु’लाइ १२५ मतान्तरले पराजित गर्दै शाक्य अध्यक्षमा विजयी हुनुभएको छ । शाक्यले छ सय ४४ मत प्राप्त गर्दा शर्माले पाँच सय १९ मत प्राप्त गर्नुभएको छ ।

    images
    images

    संघको नयाँ नेतृत्वका लागि शाक्य र शर्मा दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षका दुवै उम्मेदवार नेपाली काग्रेस निकट व्यवसायी हुन । शाक्यलाई माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, समाजबादी लागएतका दल निकट व्यवसायीले साथ दिएका थिए भने शर्मालाई एमाले निकट व्यवसायीको साथ रहेको थियो ।

    उद्योग सदस्य तर्फ रामप्रसाद शर्मा, चूडामणि सापकोटा र महिला सदस्यमा कमला पराजुली, सविता आचार्य र श्रृजना राजभण्डारी विजयी हुनुभएको छ । त्यसैगरि नयाँ कार्यसमिति चयन लागि १३ खुल्ला सदस्यमा ऋषिराम गौतम, दिपक हमाल, अर्जुनप्रसाद कँडेल, अंकितबहादुर क्षेत्री (धु्रव),नविनकुमार श्रेष्ठ, इन्द्रमणी पौडेल(अर्जुन), सुदिप सागर कँडेल,बद्री ढुङगना, चन्द्रराज रेग्मी, श्रीजय श्रेष्ठ, मनिष राजभण्डारी, उमेश के सी र राजु गौतम विजयी हुनुभएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त भुमिश्वर गौतमले जानकारी दिनुभयो । 

    कुल सदस्यमा शाक्य प्यानलबाट नौ  र शर्मा प्यानलबाट पनि नौ जना विजयी भएका छन । निर्वाचनबाट १९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, दुई उद्योग, तीन महिला सदस्य र १३ खुल्ला सदस्य निर्वाचित भएका छन  । अध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा ११ सय ८७ मत मत खसेको थियो । 

    rajan photo (2).jpg

    IMG_20250330_104756_1.jpg


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस