बागलुङ । यस बर्षको चैत्राष्टमीको दिन बागलुङको कालिका भगवती मन्दिरमा तीन लाख धार्मिक भक्तजनहरुले दर्शन गरेका छ । चैते दशैँ भर झन्डै पाँच लाख दर्शनार्थीहरु मन्दिर पुगेको थिए । बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैत्राष्टमीको दिन मात्र तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताउनुभयो ।
चैते दशै अवसरमा कालिका भगवती मन्दिरसँग जोडिएर मेला लाग्ने भएकोले पनि दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि हुने गर्दछ अष्टमीको दिन मात्रै तीन लाख भक्तजनहरु कालिका मन्दिर दर्शन गरेका छन,अध्यक्ष खडकाले भन्नुभयो, उक्त दिन मात्र ११ लाख ८१ हजार भेटी समेत संकलन भएको छ ।
चैते दशैँमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला र भारतबाट समेत धार्मिक पर्यटक भित्रिने गर्दछन ।