Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रेस युनियनको केन्द्रीय सदस्यमा बागलुङका पन्त मनोनीत


बिहीबार , वैशाख १८ २०८२०१:३३
  • 404
    SHARES

  • प्रेस युनियनको केन्द्रीय सदस्यमा बागलुङका पन्त मनोनीत

    बागलुङ । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा बागलुङका प्रदिप पन्त नियुक्त हुनुभएको छ ।  पन्त सहित चार जनालाई नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्सालले केन्द्रीय सदस्यमा बुधबार मनोनीत गर्नुभएको हो ।

    images
    images

    प्रेस युनियनको विधान २०४८ को धारा २१ को उपधारा (झ) बमोजिम पन्त सहित शिव देवकोटा (नुवाकोट), हिमाल जोशी (कैलाली) र शैलेन्द्र कुमार रोकाय (बझाङ) लाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।। पन्त नेपाल प्रेस युनियन बागलुङका निर्वतमान अध्यक्ष तथा वर्तमान सल्लाहाकार हुनुहुन्छ । 

    पन्त २०६० सालदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ। पन्त कान्तिपुर टिभी र गोरखापत्रमा कार्यरत रहनुभएको छ। उहाँ स्वतन्त्र प्रेस अनलाइनका सम्पादक समेत रहनुभएको छ ।

    यस अगाडी पन्तसंग नेपाल पत्रकार महासंघ बागलुङ, सामुदायिक एफ एफ बागलुङको समाचार प्रमुख सगै स्टेशन म्यानेजर, रेडियो बाराही, हिमचुली एफएम, सामुदायिक रेडियो प्रसारक संघ (अकोरब), दैनिक खवर, आर्थिक अभियान, सगरमाथा टेलिभिजन लगाएका सञ्चारमाध्यममा काम गरेको अनुभव रहेको छ । पन्तले युनियनले दिएको जिम्मेवारीले आफू थप उत्साह पूर्वक अगाडि बढ्ने बताउनुभयो ।

    नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले युनियनको विधान, लक्ष्य र उद्देश्य अनुसार युनियनको संस्थागत विकास, सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको दिगो सृजनशिल विकासका लागि भूमिका खेल्ने अपेक्षा लिएको बताउनुभयो ।


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस