धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्ववियू अध्यक्षमा नेविसंघका सुदिप सागर कडेँल निर्वाचित भएका छन । धौलागिरीको एक मात्र आंगिक क्याम्पसको अध्यक्षमा कडेँल सर्वसम्मत निर्वाचित भएका हुन ।
शनिवार भएको निर्वाचनमा चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटा विद्यार्थी संगठनबीच सहमतिपछि स्ववियू निर्वाचन सर्वसम्मत भएको छ। सबै पदमा एक/एक जनाभन्दा बढि उम्मेदवारी नपरेपछि सर्वसम्मत भएको निर्वाचन अधिकृत गोविन्द गौतमले बताए । १९ पदको लागि भएको निर्वाचनमा नेविसंघबाट १०,अनेरास्ववियूका चार,अनेरास्ववियू (छैठौ) बाट दुई,अनेरास्ववियू ‘क्रान्तिकारी’, ‘विप्लप’ र ‘बहुमत’बाट एक/एक जना सर्वसम्मत भएका छन ।
उपाध्यक्षमा नेविसंघका दिपक सुवेदी, सचिवमा अनेरास्ववियूका अनिल शर्मा, सहायक सचिवमा अनेरास्ववियू ‘क्रान्तिकारी’ खिमानन्द कडेल र कोषाध्यक्षमा नेविसंघकी सृष्टी आचार्य सर्वसम्मत भएका छन । सदस्यमा नेविसंघका कृष्णबहादुर अठारे, सुनित गौतम, विशाल थापा, मनोज पौडेल, गणेश प्रसाद आचार्य, सचिन हरिजन, रुपादेवी राना अनेरास्ववियूका सुनिल पौडेल, अस्मिन शेख, तस्लिमा मिया,अनेरास्ववियू (छैठौ)का नगेन्द्र थापा र रेखा शर्मा, र अनेरास्ववियू ‘बहुमत’बाट दिवस खडका र अनेरास्वविय ‘विप्लप’का सुधन वि.क. निर्वाचित भएको निर्वाचन अधिकृत गौतमले बताए ।
त्रिभुवन विश्व विद्यालयले चैत्र ५ गतेका लागि तय गरेको निर्वाचन कार्यतालिका विद्यार्थी संगठनबीचको विवादको कारण स्थगित गरि १८ गते तोकिएको थियो ।