Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

जनताका निराशा हटाउन लाग्नुपर्छ : दाहाल


शनिबार, जेठ ११ २०८२१०:३१
  • 304
    SHARES

  • जनताका निराशा हटाउन लाग्नुपर्छ : दाहाल

    बागलुङ । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दल र पार्टी प्रति जनतामा देखिएको निराशा हटाउन लाग्नुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागर कार्यक्रम अन्र्तगत बागलुङमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चौतर्फी रुपमा जनतामा पछिल्लो समय देखिएको निराशा हटाउन दलहरु सक्षम हुनुपर्ने बताउनुभएको छ ।

    images
    images

    “दलहरुले केही गरेनन,नेपालमा बसेर केही हुदैन भन्ने निराशा उन्मुख गराउनेहरु सक्रिय बनेका छन,अध्यक्ष दाहालले भन्नुभयो,जनताको चाहाना,भावना र उनीहरुले खोजेको विकास गर्न समयमा सोच्नुपर्ने समय आएको छ ।” अहिले श्रम र पुजिँको पलाएन हुने क्रम बढेको अवस्थामा स्वदेशमा नै लगानी गर्ने र रोजगारी सृजना गर्नुको बिकल्प नरहेको उहाँको भनाई छ । “युवाहरु बिदेश पलाए हुनु निकै ठुलो चिन्ताको बिषय बनेको छ,दाहालले भन्नुभयो ,यसको लागि स्वदेशमा नै फर्काउने गरि आफनो पालामा गरेको काम पनि अहिले सरकारले नीति तथा कार्यक्रमबाट काटेको छ ।” उहाले अब नयाँ समाजबादी र आर्थिक क्रान्तिको लागि मध्यपहाडी लोकमार्ग जनजागर अभियान संचालन गरिएको बताउनुभयो ।

    उहाले सरकारले गरेका कामबारे खबरदारी प्रतिपक्ष दलको रुपमा गर्दै आएको बताउनुभयो । सरकारले आफुहरुले गरको खबरदारीलाई वेवस्था गरे बर्खापछि आन्दोलनको नयाँ रुप हुन सक्ने बताउनुभयो । उहाले बागलुङको उत्तरगंगा जलासय युक्त परियोजना बनाउन तर्फ चासो दिनुपर्ने बताउनुभयो । ८५० मेगावाटको निकै संस्तो मुल्यमा यो परियोजन निमार्ण गर्न सकिने उहाले बताउनुभयो । 


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस