बागलुङ । सूचना कक्षको संस्थागत विकास र प्रभावकारी उपयोगका लागि क्षमता विकास गर्ने उदेश्यका साथ किशोर किशोरी मैत्री सूचना केन्द्र बागलुङमा स्थापना गरिएको छ । गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको कालिका कन्या मन्दिर माध्यामिक बिद्यालयमा बागलुङ नगरपालिका र वियोण्ड वेइजिङ समिति (विविसी) नेपालका सहयोग तथा समन्वयमा सूचना केन्द्र स्थापना गरिएको हो ।
किशोर किशोरीमैत्री सूचना कक्षमार्फत सूचना, शिक्षा र परामर्श सेवाहरू प्रबद्र्धन गर्न केन्द्र स्थापना गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले बताउनुभयो । यसबाट बालबालिकाहरुको लागि बृहत यौनिकता शिक्षा र ज्ञान तथा जीवनोपयोगी सीप विकास हुने छ,भारीले भन्नुभयो,सूचना कक्ष मार्फत किशोर किशोरीहरूको समग्र स्वास्थ्य प्रबद्र्धन गरि प्रक्रिया र मापदण्ड निर्धारण हुने छ । किशोर किशोरीमैत्री सूचना कक्षलाई प्रभावकारी रुपमा सञ्चालन,व्यवस्थापन गरी बृहत यौनिकता शिक्षा सम्बन्धी सुचना, ज्ञान तथा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि सहजीकरण,सल्लाह एंव परामर्श गरिएको भएको छ ।
कार्यक्रममा बालबालिकाको चेतना अभिवृद्धि तथा व्यवहार परिवर्तन गर्न सूचना केन्द्रले सहयोग पुग्ने बागलुङ नगरपालिका वडा नं.३ का अध्यक्ष सनी केसीले बताउनुभयो । आगामी दिनमा यसलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न नगरपालिकाले भुमिका खेल्ने उहाँले बताउनुभयो। कार्यक्रममा बागलुङ नगरपालिका कार्यपालिका सदस्य धनमाया शर्मा,बिद्यालयका प्रधानध्यापक सुदर्शन कडेँलले बोल्नुभएको थियो। विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समुह भित्रका किशोर किशोरीलाई लक्षित गरि सुचना कक्ष व्यवस्थापन समिति गठन समेत छ ।
विशाल नेपालीको संयोजकतत्वमा ११ सदस्यीय सुचना केन्द्र व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सह संयोजकमा लविसा बोहोरा,सचिव मनिष गौचन,सदस्यहरुमा संगम परियार,अन्जली थापा,पूर्णिमा किसान,एरीका लामा,विशाल थापा,उमेश घर्ती,कृषा वि.क. र अनुस्का केसी रहनुभएको छ। साथी शिक्षा स्वंयसेवकमा दिप्सना वि.क.रहनुभएको बिद्यालयका सुचना अधिकारी ईश्वर ठाकुर पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सहजकर्ता हुमा रिजालले प्रशिक्षण दिनुभएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीको अध्यक्षता,सुचना अधिकारी ईश्वर ठाकुर पौडेललको स्वागत र शिक्षक बिरबहादुर किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । केन्द्र स्थापनासंगै उमेर बृद्धिसंगै बालबालिकाको स्वास्थ्य अवस्था,अभिभावको भुमिका,उनीहरुले गर्ने व्यवहार तथा जिवन उपयोगी सिप प्रदान गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

