बागलुङ । साउनको तेस्रो सोमबार बागलुङमा रहेका शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको छ । बागलुङ नगरपालिका स्थित गौरीधाम,तित्याङ, लगाएत शिव मन्दिरमा पूजा गर्न भक्तजनहरु बिहानै देखि पुगेका छन ।
साउनको प्रत्येक सोमबार शिवको पूजाअर्चना गर्नाले सुख शान्ति आरोग्यका प्राप्त हुने बिश्वास रहेको छ । सोमबार शिवको दर्शन गर्नाले मनोकक्षा पुरा हुने विश्वासका साथ मन्दिरमा आएका केदार सापकोटाले बताउनुभयो ।
शिव मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने श्रद्धालु भक्तजनहरुको बिहानै देखि घुइँचो लागेको छ । साउनको सोमबार पूजा गर्न भक्तजनहरु आउने क्रम बढेको गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण जि.सीले बताउनुभयो । ‘शिवको पूजाआराधना गर्न भक्तजनहरु छिमेकी जिल्लाबाट आउने क्रम बढेको छ ।,अध्यक्ष जि.सी.ले भन्नुभयो, ‘भक्तजनहरुलाई सहज र सरल तरिकाले पूजा गर्ने गरि आवश्यक व्यवस्थापन मिलाईएको छ ।’
भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पूर्जा अर्चना गरी ब्रत समेत बसेका छन । शिवको पूजाआजा गरि उपबास बसेमा मनले चिताएको पुग्ने जनबिश्वास रहि आएको छ । उनीहरु कालीगण्डकी नदीमा स्नान गरी पूजाअर्चनाको लागि शिव मन्दिरमा पुगेका छन । आजै बोलबम मेला समेत आयोजना गरिएको छ ।

