Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सप्तकोशी नदीमा पानीको बहाव उच्च, ब्यारेजको ५६ ढोकामध्ये २३ खोलियो


सोमबार, साउन २० २०८२१२:०५
  • 384
    SHARES

  • सप्तकोशी नदीमा पानीको बहाव उच्च, ब्यारेजको ५६ ढोकामध्ये २३ खोलियो
    फाइल तस्बिर।

    सुनसरी । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

    images
    images

    आज  बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए ।

    कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

    २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।



    प्रतिक्रिया दिनुहोस