बागलुङ । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । बागलुङको काठेखोला गाउँपालिका ६ ताराखसेमा माथिबाट रुख र लेदोसहित आएको पहिरोले सोमबार रातीदेखि राजमार्ग अन्तर्गत बागलुङ अवरुद्ध भएको छ ।
पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा ठुला सवारी साधन पूर्णरुपमा रोकिएको र साना भने सञ्चालन भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुदा ठुला सवारी साधनमा यात्रा गर्ने बागलुङको पश्चिम निसी,भल्कोट रुकुम,रोल्पा लगाएतका स्थानका यात्रु बिच सडकमा नै अलपत्र परेका छन । मध्यपहाडी राजमार्ग आयोजनासंग समन्वय गरि अवरुद्ध सडक खुलाउने कार्य भईरहेको र मंगलबार दिउसोबाट पूर्ण रुपमा सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।