Logo

Jul 30 2026 | २०८३, साउन १४गते

मालिकामा धार्मिक महोत्सव हुने


सोमबार, भदौ २ २०८२१२:४९
  • 552
    SHARES

  • मालिकामा धार्मिक महोत्सव हुने

    बागलुङ, । पर्यटन क्षेत्रको माध्यमबाट विकास गर्ने गरि बागलुङको मालिकामा धार्मिक महोत्वस हुने भएको छ । मालिका भगवती व्यवस्थापन समिति बा.न.पा.५ को आयोजनामा आगामी भदौ महिनामा धार्मिक महोत्वस सञ्चालन गर्न लागिएको हो । 

    images
    images

    बागलुङ नगरपालिका वडा नं.५,६ र ७ को संगमस्थल मालिकामा भदौ महिनाको ८ देखि १२ गते सम्म सञ्चालन हुने धार्मिक महोत्वसमा कालीगण्डकीको महिमा,त्यस क्षेत्रमा रहेका कालिकोट,संसारकोट पञ्चकोट लगाएतका धार्मिक क्षेत्रहरुको बारेमा प्रवचन गरिने बागलुङ नगरपालिका वडा नं.५का अध्यक्ष हरिप्रसाद रेग्मीले बताउनुभयो ।

    धार्मिक महोत्सवको कालीगण्डकी नदीको मालढुंगादेखि मालिका भगवती मन्दिर सम्म शोभायात्रा गरि शुभारम्भ गरिने भएको छ । १५ औ शताब्दीदेखि ऐतिहासिक महत्व बोकेका यस क्षेत्रका धार्मिक,संंस्कृतिक,स्थानीय कला सम्पदाहरुको विकास गर्न धार्मिक महोत्वस गर्न लागिएको व्यवस्थापन समितिका महासचिव खिमराज सापकोटाले बताउनुभयो ।

    महोत्सवसंगै महिलाहरुको महान चार्ड तीज मेला तथा बिभिन्न खेलकुल प्रतियोगिता सञ्चालन हुने मालिका समाजका अध्यक्ष जीवन राज शर्माले बताउनुभयो । महोत्सवमा २५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

    WhatsApp Image 2025-08-18 at 12.43.05_41da521f.jpg


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस