Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

बार एशोसिएसन बागलुङको अध्यक्षमा श्रीष सर्वसम्मत


स्वतन्त्र
आइतबार, भदौ १५ २०८२११:२०
  • 500
    SHARES

  • बार एशोसिएसन बागलुङको अध्यक्षमा श्रीष सर्वसम्मत

    बागलुङ । उच्च अदालत बार एशोसिएसन बागलुङको अध्यक्षमा पहिलो महिलाको रुपमा अधिवक्ता गिता श्रीष सर्वसम्मत निर्वाचित हुनुभएको छ । बारको ३३ औ अधिवेशनबाट श्रीष अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । 

    images
    images

    बारको अध्यक्षमा अधिवक्ता हरिकृष्ण सुवेदी र श्रीसको उम्मेदवारी दर्ता भएकोमा सुवेदीले फिर्ता लिएपछि श्रीस सर्वसम्मत हुनुभएको निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठले जानकारी दिनुभयो । 

    उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सचिवमा उमाशंकर सापकोटा र कोषाध्यक्षमा रामराजा कँडेल निर्वाचित हुनुभएको छ । अन्य सदस्यमा नरेन्द्रप्रताप सिंह बुढाथोकी, तेजेन्द्र थापा, प्रकाश बराल र लक्ष्मीदेवी जिसी रहनुभएको छ ।

    मावन अधिकार समितिको सदस्यामा गोविन्द्रप्रसाद ओझा र केन्द्रीय पार्षदमा बद्रीप्रसाद शर्मा, हरि गौतम, गोविन्द गौतम, अखिलनाथ शर्मा चयन हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ । बारको तीन सदस्य र महिला समिति संयोजक पछि पदपुर्ति गरिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस