बागलुङ । नसर्ने रोगका बिरामी बढनुमा सुर्तिजन्य पदार्थको सेवन मुख्य कारण रहेकोले यसलाई न्यूनीकरण गर्न सबै नागरिकको सक्रियता आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य करकोषको सचिवालयको आयोजना र प्रदेश जनस्वास्थ्य कार्यालय,बागलुङको संयोजनमा शुक्रवार भएको सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले नागरिकहरु सचेत हुनुपर्नेमा जोड दिएका छन ।
नसर्ने रोगको भार बढनु पनि सुर्तिजन्य पदार्थ सेवनको कारकको रुपमा रहेको हुदा यसको नियन्त्रण र नियमनको व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा लाग्नुपर्ने उनीहरुले बताएका छन । यसको सेवनले मानव शरिरमा विभिन्न भागमा असर पुग्ने हुदा सेवनकर्ता र बिक्रेताले सावधानी अपनाउनु पर्नेमा सरोकारवालाले बताएका छन ।
सरकारले बजेटपनि सर्ने रोगमा बढीलाई खर्च गरेको भएपनि पछिल्लो समय सङख्या बढनु सुर्तिजन्य पदार्थको प्रयोग गर्नु पाईएकोले यसलाई कम गर्न स्थानीय देखि केन्द्रीय तहसम्म सबै जुटनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले बताउनुभयो । उहाले भन्नुभयो,“आफु र आफना सन्तानको भविष्यको लागि अभिभावक सचेत हुनपर्छ । बालबालिकालाई यसको प्रयोगबारे जनचेतना जगाउनुपर्छ ।”
सबै क्षेत्रमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन प्रभावकारी रुपमा कार्यान्वयमा लैजान सन्देश प्रभाव गर्नुपर्ने गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्वबन्धु वगालले बताउनुभयो । उहाले भन्नुभयो,“सुर्तिजन्य पदार्थ सेवनका कारण मानव शरीरका विभिन्न भागमा असर पुग्ने हुदा सेवककर्ता र बिक्रेताले सावधानी अपनाउनुपर्छ । सबैको सहकार्यमा मात्र सुर्तिजन्य पदार्थको न्यूनीकरण गर्न सकिने छ ।”
सुर्तिजन्य पदार्थ नियन्त्रण र नियम गर्ने ऐनको सजायको व्यवस्था, देखिएका समस्या, सुर्तिजन्य पदार्थको प्रयोगको अवस्था र असर,सुर्तिजन्य पदार्थ निषेध गरिएका सार्वजनिक स्थल, स्थानीय तहको भूमिका बिषयमा छलफल भएको छ । स्थानीय तहहरुले आफनो क्षेत्रबाट सुर्तिजन्य पदार्थ नियन्त्रणको लागि पहल गरिरहेको हुद“ा यसलाई थप प्रभावकारी बनाउन स्थानीय तह,सुरक्षा निकाय र सरोकारवालाको समन्वय र सहकार्य आवश्यक रहेको बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा बागलुङका स्थानीय तहका प्रमुख तथा प्रतिनिध, जिल्ला समन्वय समिति, सरकारी कार्यालय, बिद्यालयका शिक्षक र सरोकारवालको सहभागीता रहेको थियो । विश्वभर बर्षेनी करिव ८० लाख मानिसको मुत्यु सुर्तिजन्य पदार्थको प्रयोगको कारण मानिसको मृत्यु हुने गरेको छ । करिव १३ लाख जनाले अरुले प्रयोग गरेको धम्रपान सेवनको धुँवाका असरका कारण ज्यान गुमाउने गरेका तथ्याङकमा उल्लेख गरिएको छ ।