बागलुङ । गण्डकी प्रदेशका ८५ वटा पालिकामा परेका उजुरी मध्ये एक हजार ३९४ वटा फछर्यौट भएका छन । प्रदेश भित्रका न्यायिक समितिमा आर्थिक वर्ष २०८१÷८२ मा एक हजार ७८९ वटा उजुरी परेका थिए ।
गण्डकी प्रदेशका ८५ वटा पालिकामा न्यायिक समितिको सहभागीतामा ‘गण्डकी प्रदेश न्यायिक समिति दर्पण २०८२’ पुस्तकको बागलुङमा सार्वजनिक गरिदै गण्डकी प्रदेश भित्रका पालिकामा परेका उजुरीबारे बागलुङ नगरपालिका न्यायिक समितिले जानकारी दिएको छ । विभिन्न १४ वटा उजुरीका मध्ये एक हजार ३९४ वटा फछर्यौट भएका र ३९५ वटा फस्र्यौट हुन बाँकी बागलुङ नगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक राजु खडकाले बताउनुभयो ।
उजुरी मध्ये ८०५ वटा मेलमिलाप भएका, ३३६ वटा फैसला भएका, २१४ वटा तामेलीमा रहेका र मेलमिलाप नभई अदालतमा पठाएका ३९ वटा रहेको खडकाले बताउनुभयो । न्यायिक समितिमा सबैभन्दा बढी घरजग्गा साँध सिमानामा ३५९, माना चामलमा २१३, लेनदेनमा १४५ र ज्याला मजदुरीका १०२ वटा उजुरी परेका हुन । त्यसैगरी, कुटपिटका ९४,बाटो प्रयोग गर्न नदिएको ८५, अन्यको जग्गा आवाद ७८, जेष्ठ नागरिक सम्बन्धि ४२, पानीघाट ४१, घरभाडा ३८, घरेलु हिंसाका २८, सार्वजनिक जग्गा विवाद २७, बालबालिका सम्बन्धि २२ वटा र अन्य ५८२ वटा विवादका उजुरी दर्ता भएका छन । गण्डकी प्रदेशका ८५ वटा पालिकामा २०७४ सालदेखि २०८२ असार सम्म कुल ११ हजार ९२३ वटा विवादका उजुरी परेका छन ।
त्यसैगरी,बागलुङ जिल्लामा आ.व.२०८१÷८२ विभिन्न २४ वटा उजुरी परेका बागलुङ नगरपालिका स्थानिय सहजकर्ता ज्ञानेन्द्र राज पन्तले बताउनुभयो । उजुरी मध्ये आठ वटा उहाँले भन्नुभयो,“मेलमिलाप,चार वटा फैसला भएका, फछर्याैट हुन बा“की आठ वटा र अदालतमा दुई वटा उजुरी पठाएका छौ ।”
जिल्लामा २०७४ सालदेखि अहिले सम्म १०३ वटा उजुरी परेको थिए । बागलुङमा सबै भन्दा बढी घरजग्गा साँध सिमाना सात वटा, माना चामल, खाना लाउन शिक्षामा पाँच वटा,ज्याला मजदुरी विवादका चार वटा आलीधुर÷पानीघाट उपयोगका चार वटा रहेका छन ।