बागलुङ । बागलुङमा गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौ महोत्वस सुरु भएको छ । गण्डकी प्रदेश भित्रका पर्यटकिय, धार्मिक एवं लोक संस्कृतिको जर्गेना गर्ने उदेश्यका साथ महोत्वस आयोजना गरिएका हो ।
महोत्वसको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक समृद्धिको लागि नीजि क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले उचित वातावरण बनाउने हो भने लगानी गर्न नीजि क्षेत्रसँग पुजीको कुनै कमि नहुने बताउनुभयो ।
महोत्वसले उद्योमी व्यवसायीहरुको वित्तिय साक्षरता बृद्धि गराउने र वित्तिय एवं औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने छ अपेक्षा गरिएको छ । एघार दिन सम्म सञ्चालन हुने महोत्वसमा कृषि मेला, रैथाने बाली एवं पशुजन्य उत्पादन, हस्तकलाका सामानहरु, झाँकीहरु, स्थानीयस्तरमा उत्पादित बस्तुहरुको खरिद बिक्री, बिभिन्न मरोरञ्जनात्मक तथा खेल प्रतियोगिता सञ्चालन भएका छन ।
एक करोड ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको आयोजकले ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य समेत राखेको छ ।महोत्वसबाट आम्दानी भएको रकमबाट जिल्लाभित्र हुने महिला,लघुउद्यमी तथा कृषकले उत्पादन गरेका स्थानीय सामाग्री संकलन तथा बिक्री, बजार क्षेत्र भित्रका सिसि क्यामरा मर्मत, सफा बजार निमार्णमा, व्यवसायीहरुको लागि अक्षय कोष स्थापना र खेल क्षेत्रमा अब्बल गराउने गरी लगानी गर्ने योजना रहेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजन शाक्यले बताउनुभयो ।
महोत्वसमा गण्डकी प्रदेश भित्रका आठ लाख मानिसहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोछ । बिभिन्न सामान खरिद बिक्रीको लागि झन्डै दुई सय स्टलहरु राखिने उद्योग वाणिज्य सघं बागलुङले जनाएको छ । महोत्वस आगामी मंसिर २१ गते सम्म सञ्चालन हुने भएको छ ।