Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बागलुङ महोत्वमा आठ करोडको कारोबार


बिहीबार , पुस २४ २०८२०८:०२
  • 532
    SHARES

  • बागलुङ महोत्वमा आठ करोडको कारोबार

    बागलुङ । बागलुङमा सञ्चालन भएको बागलुङ महोत्वमा आठ करोडको कारोबार भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २२ गते सम्म सञ्चालन भएको आठौं बागलुङ महोत्सवमा आठ करोडको आर्थिक कारोबार भएको हो । ४२ लाख बढी टिकट बिक्री भएको महोत्वमा चार लाख दर्शकले अवलोकन गरेको छन ।

    images
    images

    महोत्वसमा स्थानीय उत्पादनको प्रर्बद्धनसंगै आर्थिक कारोवार भएको छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवमा गरिएको थियो । 

    महोत्सवलाई कृषि प्रर्दशनी, स्थानीयस्तरमा उत्पादित बस्तुहरुको बिक्री,मौलिक र पृथक बनाउनेगरी झाक्री नाँच, यानीमाया, सोरठी लगाए केन्द्र बनेको उद्योग वाणिज्य सघंका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो । त्यसैगरी बाल मेला, लोकदोहोरी, महिला पुरुष भलिवल तथा बिभिन्न खेलकुल प्रतियोगिता,पञ्चेबाजा प्रदर्शनीका साथै बिभिन्न कलाकारले सांगितिक प्रस्तुती दिएका शाक्यले बताउनुभयो ।

    महोत्वसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघ बागलुङलाई १ लाख रुपैयाँ र मानवसेवा आश्रमलाई ५ लाख ११ हजार रुपैयाँको प्रदान गरिएको प्रेस सल्लाहकार सुभास आचार्यले बताउनुभयो । महोत्वसमा झन्डै २ सय २५ व्यापारीक स्टलमा रहेका थिए ।



    प्रतिक्रिया दिनुहोस