Logo

Jul 30 2026 | २०८३, साउन १४गते

राष्ट्र नवनिमार्णको लागि मुख्य आधार शिक्षा –राष्ट्रपति पौडेल


बिहीबार , माघ २ २०८२०६:०३
  • 420
    SHARES

  • राष्ट्र नवनिमार्णको लागि मुख्य आधार शिक्षा –राष्ट्रपति पौडेल

    बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले .राष्ट्रको नवनिमार्णको मुख्य आधार शिक्षा भएको बताउनुभएको छ । बागलुङको पैयुँपाटा स्थित त्रिभुवन माध्यामिक बिद्यालयको हीरत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सरकारले सधै शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

    images
    images

    उहाँले देश विकासको लागि कृषिलाई आधुनिकरण,व्यवसायीकरण र औद्योगिकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता रहेको बताउनुभयो । शिक्षालाई उद्यमशिलतासँग जोडदै जिवन उपयोगी बनाउनुपर्ने उहाँले बताउनुभयो ।  रोजगारीको लागि युवाहरु विदेश पलाएन हुने समस्याले चिन्तित बनाएको बताउदै उहाँले शिक्षामा लगानी बढाएर रोजगार,उद्यमशिलता उत्पादनका लागि नविनतम आयमहरुको विकास र विस्तारमा जोड दिनुपर्ने बताउनुभयो ।

    उहाँले संविधान र संघिय लोकतान्त्रिक  गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरुबाट जनताप्रतिको उत्तरदाहित्व सहित, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाक्षा पुरा गर्नुपर्ने दाहित्व सबैको अपेक्षा रहेको बताउनुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनको लागि सबै जुटनुपर्ने बताउनुभएको छ ।

    सबैको सहयोग र सदभावका साथ निर्वाचन सफल बनाउन लाग्नुपर्ने बताउनुभयो । गुणस्तरी शिक्षाको लागि त्रिभुवन माध्यामिक बिद्यालयको लागि बिभिन्न पुर्व बिद्यार्थी तथा समाज सेवीबाट ७५ लाख रुपैया सहयोग प्रदान गरेका थिए । उक्त अवसरमा बिभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 

     


    प्रदिप पन्त
    He is the professional journalist of nepal.

    प्रतिक्रिया दिनुहोस