Logo

Jul 30 2026 | २०८३, साउन १४गते

श्रीपञ्चमी एवं सरस्वती पूजा


शुक्रबार, माघ १० २०८२०६:२९
  • 1.1K
    SHARES

  • श्रीपञ्चमी एवं सरस्वती पूजा

    श्रीपञ्चमी भन्ने बित्तिकै जनजनमा विद्याकी देवी सरस्वती पूजा आराधना गर्ने भन्ने बुझिन्छ। प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीको दिन त्रिशक्ति स्वरूपेणी देवीमध्ये विद्याकी अधिष्ट देवी ज्ञान विज्ञान,कलाशिल्प, संगीतकी भगवतीको पूजाआराधना गरी मनाउने पर्वको रूपमा रहेको मनाउने गरिन्छ ।

    images
    images

    यो पर्वलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ। यस पर्वदेखि बर्षातको समय सुरुवात हुन्छ भन्ने मान्यता रहेको छ। श्रीपञ्चमीको दिन भर्खरै बिद्यालय जान लागेका साना साना बालबालिकाहरूलाई  घर, विद्यालय, मठ, मन्दिर  तथा सरस्वती भगवतीको मन्दिरमा सरस्वतीको पूजा आराधना गरी  बिधिपूर्वक पुजा आराधना गरि अक्षरारम्भ गराउने प्रचलन रहेका छ।

    यस दिन बालबालिकालाई पढाइ लेखाई गर्ने कार्यमा लगाइयो भने उनीहरूमा विद्या , वाणी, प्रसिद्धिका साथ तिव्ररूपमा अगाडी बढने र ज्ञान,सीप,क्षमता,बुद्धि विवेक सहित सिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। बिद्यार्थी, शिक्षक, साहित्यकार, संगितकार, कलाकार, पत्रकार लगायत शिक्षाप्रेमीले आआफ्ना तरिकाबाट सरस्वती प्रतिकको रूपमा रहेका कापीकलम, किताब, संगितका सामग्री र  विद्याकी खानी सरस्वती भगवतीको मूर्ति , प्रतिमा, फोटो राखी  सरस्वती भगवतीलाई १२ वटा नामले पुकार्ने गरिन्छ ।  

    सरस्वती भगवतीलाई मनपर्ने विभिन्न  थरीका पुष्पा गुच्चा सहितका साथै  विभिन्न तरिकाबाट पक्वान गरी तयार गरिएको (वस्तु) प्रसाद बनाई चन्दन अक्षता धुपदीप नैवेद्य लगायतका वस्तुहरू तयार गरी प्रार्थना गर्ने श्लोक सहित पूजा गर्ने गरिन्छ। जुन यस प्रकार रहेको छ ।
    सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
    हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।
    प्रथमं भारती नाम द्धितीयं च सरस्वती।।
    तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।
    पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।
    सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।
    नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।।
    एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।
    द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।
    जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।
          ॐ सरस्वतैय नमः
    धुप दीप नैवेद्य अर्पण गरी र अर्पण गरेका (वस्तु) प्रसाद स्वरूप आफूले ग्रहण गर्ने  र सबैलाई वितरण गर्ने गरिन्छ। सरस्वती भगवतीलाई मन पर्ने रङ सेतो मानिन्छ ।  जुन निर्मलता तटस्थता स्वच्छताको प्रतिक भन्ने बुझिन्छ।

    श्रीपञ्चमीको सन्देशले मानव जीवनलाई आफ्नो ज्ञान, सीप क्षमता, बुद्धि, विवेक, उर्जा उचित समय र स्थानमा प्रयोग गरि तटस्थरूपमा कर्तव्य पालनामा सक्रियताका साथ उर्जाशील,उन्नतिशील प्रगतिशिल, व्यवसायी, उद्यमी, भई उदाहरणिय व्यक्तित्व बन्न सक्नु पर्ने नै हो ।



    प्रतिक्रिया दिनुहोस