Logo

Jul 30 2026 | २०८३, साउन १४गते

बारा-२ मा जसपालाई कांग्रेसले सघाउने


स्वतन्त्र
आइतबार, चैत १९ २०७९१२:३२
  • 432
    SHARES

  • बारा-२ मा जसपालाई कांग्रेसले सघाउने

    काठमाडौं । बारा-२ को उपचुनावमा जसपालाई नेपाली कांग्रेसले सघाउने भएको छ । सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।

    images
    images

    यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

    बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई अघि सार्ने भएको छ । लोसपाबाट राजेन्द्र महतोको चर्चा छ । एमालेले निर्णय गरिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस