Logo

Jul 30 2026 | २०८३, साउन १४गते

‘मुक्तिनाथ आरती’ भजन सार्वजनिक


आइतबार, चैत १९ २०७९०५:११
  • 1.6K
    SHARES

  • ‘मुक्तिनाथ आरती’ भजन सार्वजनिक
     
    काठमाडौँ — मुक्तिनाथ धामको महिमा समेटिएर तयार गरिएको ‘मुक्तिनाथ आरती’ भवन सार्वजनिक भएको छ । विश्वको तिर्थस्थलको रुपमा परिचित मुक्तिनाथलाई केन्द्रित गरि निमार्ण गरिएको भजन भिडियो सहित सार्वजनिक भएको हो । दिवाकर पौडेलको शब्द र रचनामा पारम्परिक लोकलयमा आधारित भजन महिला र पुरुषको छुट्टाछुट्टै आवाजमा दुई वटा रहेका छन ।
     
    New Picture.bmp

    शास्त्रीय संगीतका प्रशिक्षक समेत रहेका तीर्थराज पोख्रेलको आवाजमा रहेको भजनलाई शब्द कौतुकी नामक युटुब च्यानलमा र  नेपाल आईडल ०७८को फाइनल समेत रहेकी लक्ष्मी पौडेलको महिला आवाजको भजन गुरु परम्परा नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

    images
    images
    New Picture (2).bmp

    भजनको संगीत एरेन्ज बच्चा सिंहको रहेको छ । अडियो मिक्सिङ एवं रेकर्डिङ कुमार केसीले गरेका छन । भजनको भिडियो निर्देशन, छायांकन एवं मिक्सिङ हरिकृष्ण रेग्मीले गरेका छन । संस्कृत युवामञ्च नेपालका  विश्वराज सापकोटा, धनिराम ढकाल तथा गोविन्दराज गौतमले महाआरती गरेका छन । भजन मुस्ताङको मुक्तिनाथमा छांयाङकन गरिएको छ । 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस