Logo

Jul 30 2026 | २०८३, साउन १४गते

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्यो


स्वतन्त्र
सोमबार, चैत २० २०७९१२:०७
  • 424
    SHARES

  • सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी तथा व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।

    images
    images

    नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार प्रतितोला एक लाख ८ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस