Logo

Jul 30 2026 | २०८३, साउन १४गते

पार्किङ शुल्कको विरोधमा विमानस्थलमा ट्याक्सी चालकको हड्ताल


स्वतन्त्र
मंगलबार, चैत २१ २०७९११:०८
  • 432
    SHARES

  • पार्किङ शुल्कको विरोधमा विमानस्थलमा ट्याक्सी चालकको हड्ताल

    पार्किङ शुल्कको विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ट्याक्सी चालकले आज सेवा बन्द गरेका छन।  

    images
    images

    त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको र १०० रुपैयाँ पुर्‍याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरुले  त्यस क्षेत्रमा सेवा बन्द गरी विरोध जनाएका छन।  यसअघि  मंसिर १३ मा पनि उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए। अन्यत्र भने ट्याक्सी सुचारु रुपमा संचालन भईरहेको छ।  

    विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ। त्यहाँ पार्किङ गर्ने अन्य सवारी साधनका धनीहरुले पनि महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन।

    प्रतिक्रिया दिनुहोस