Logo

Jul 30 2026 | २०८३, साउन १४गते

गुलरिया–मुर्तिहा सीमा एकतर्फी शिल


स्वतन्त्र
मंगलबार, चैत २१ २०७९०२:१४
  • 372
    SHARES

  • गुलरिया–मुर्तिहा सीमा एकतर्फी शिल

    २१ जिल्लाको सदरमुकाम गुलरिया आवागमन गर्ने गुलरिया–मुर्तिहा सीमालाई भारतका वन अधिकारीले सोमबार दिउँसो देखि रोक लगाएका छन्। दुई देशिय अन्तराष्ट्रिय कानुन मिचेर नेपाल र भारतको भारतीय वन अधिकारीले सीमा अवरुद्ध गर्दा सर्वसाधरण समस्या परेका छन्।

    images
    images

    उक्त नाकाबाट उपचार गराउँन भारतका शहर जाने बिरामीको संख्या अधिक हुन्छ। वन अधिकारीले विना सूचना बन्द गर्दा भारतको सीमा सुरक्षाका लागि खटिएका एसएसबि र नेपाल पक्षका सुरक्षा अधिकारी असन्तुष्ट भएका छन्।  

    काउन्टरपार्टसँग समन्वय नगरी भारतीय पक्षका वन अधिकारी डिएफओ आकाश द्धिपको निर्देशनमा सीमा नाकामा खटिएका रेन्जर अशोक त्यागीले नेपालीलाई आवागमन रोक लगाउँने नाममा दुरव्र्यवहार गरिरहेको पाइएको छ। उनले नेपालदेखि चल्ने टाँगा चालकलाई समेत कुटपिट गरेको आरोप छ।

    बटालियन कमाण्डर निर्देशन नभएकाले एसएसबिले आवागमन रोक नलगाएको सीमामा खटिएका एक एसएसबिले बताए। ‘हामीले रोक लगाएको होइन,’ति एसएसबिले भने,‘वन अधिकारीले बलजफ्ति गरेर रोक लगाएको हामीलाई मन परेका छैन।’ रोटि र बेटिको सम्बन्ध रहेको दुई देशको आवागमनमा गरिएको एकतर्फी रुपमा गरिएको सीमा रोक लगाउँने कार्य कानुन मिचेर गरिएको छ। सीमा शिल गर्दा बिना सूचना र समन्वय विना गर्न नपाईने उनले तर्क गरे। भारतिय वन अधिकारीले जंगल सरसफाईमा नेपालीलाई प्रबेश गराएर गराउँने गरेका छ।

    प्रतिक्रिया दिनुहोस